बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई सरकारले प्रतिव्यक्ति २ लाख दिने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढी पहिरोबाट मृतकको परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ सरकारले दिने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बाढी पहिरोको क्षतिबारे जानकारी गराउँदै एकै परिवारको एक भन्दा बढी सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ राहत दिने बताए।

उनले पीडितका लागि तत्कालका लागि १५ देखि २० हजार सरकारले दिने बताए।

यस्तै, असार २ गतेको बाढी पहिरोका कारण १० जनाको मृत्यु र २६ जना बेपत्ता भएको सदनलाई जानकारी गराए। अहिलेसम्म ५४ घर पूर्णरुपमा क्षति भएको जानकारी आएको बताए।

असार २ गते आएको वर्षाले सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर बाढी पहिरोले ठुलो भौतिक र मानवीय क्षति भएको छ।