प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आजपनि बस्दैछ ।

संघीय संसद् सचिवालयका अनुसार बैठक संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ ।