चन्द्र भण्डारी भन्छन् : सरकार क्रिकेट ग्राउण्ड बनाइ देऊ, कति वर्षसम्म बनाउँदैछौं मात्रै भन्छौं : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले देशको पहिचान दिएको क्रिकेट खेलको मैदान जतिसक्दो छिटो बनाउनुपर्ने माग सरकारसँग गरेका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले क्रिकेट मैदानको लागि आवश्यक बजेटको माग गरेका हुन्।

‘क्रिकेट ग्राउण्ड त बनाइ देऊ। कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदैछौं भन्छौं। एकैचोटी बनाइ दिउ न,’ उनले भने, ‘बजेट छुट्टयाइ दिऊ न तिनका लागि। जसले तिमीलाई पहिचान दिएको छ।’

उनले नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धी विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताए।

उनले बुद्धको जन्मस्थल लुम्बिनीमा हजारौं बेडको अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गीहरू बच्चा जन्माउनका लागि नेपाल आउने सम्भावनातर्फ पनि सरकारको ध्यानाकर्षण गराए।

‘लुम्बिनीमा गौतम बुद्धको ठाउँमा जानुस्। बच्चा जन्माउने ठूलो हष्पिटल बनाइ दिनुस्। हजारौं बेडको। संसारभरीका बुद्धमार्गीहरू सन्तान जन्माउन आउँछन्। के छैन नेपालरु कहाँ छ हामो सोच, कहाँ छ हाम्रो दृष्टिकोणरु त्यसकारण हामी समय अनुसार चल्न सकेनौं कि। समय बुझेनौ कि? ,’ उनले भने।