अमरेशकुमार सिंहको आक्रोश : निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भैंसी चराउनका लागि बनाउन लागिएको हो

काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलका भाग लिँदै उनले सो बनाउने कुरामा आफ्नो आपत्ति रहेको समेत बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले काम गर्न नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नभएको सांसद सिंहको तर्क थियो।

उनले बजारमा अहिले पनि निजगढ विमानस्थल बनाउने कुरा चलिरहेको तर विदेशीको ऋण लिएर त्यो काम गर्न आवश्यक नभएको बताए।

सांसद सिंहले के भैंसी चराउनका लागि सो विमानस्थल बनाउन लागिएको होरु भनि सरकारलाई प्रश्न समेत गरे।

उनले भने, ‘निजगढ एयरपोर्ट बनाउने कुरामा मेरो आपत्ति छ। किनकी निजगढ एयरपोर्ट यता दुइटा इन्टरनेसनल एयरपोर्ट काम गर्न सकिरहेका छैन। अर्को निजगढ एयरपोर्टको आवश्यकता केरु खाली फाष्ट ट्र्याक जोड्नका लागि एयरपोर्ट चाहिन्छरु त्यो आवश्यक छैन। त्यस कारणले विदेशीको ऋण लिने, त्यो ऋण लिएर एयरपोर्ट बनाउने। तर, त्यसमा सोही अनुसारको व्यवस्था नहुने र, अहिले पनि बजारमा भनिएको छ कि निजगढ एयरपोर्ट बनाउने। के त्यहाँ भैंसी चराउनका लागि एयरपोर्ट बनाउने रु मधेसमा भैंसी धेरै पाउँछ।’

सांसद सिंहले हवाई उडानको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई सचेत गराए।