सुनको जलहरी प्रकरण : अख्तियारको टोली पशुपतिनाथमा

काठमाडौँ  । सुनको जलहरी जाँच्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेको छ ।पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा सुनको जलहरी राख्दा अनियमिमता भएको बाहिर आएपछि त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ ।

आइतबार दिउँसो १ देखि २ बजेसम्म नापजाँच गर्ने भन्दै टोली पशुपतिनाथमा पुगेको हो । अख्तियारको टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न छन् । उनीहरूले जलहरीको तौल, सुनको गुणस्तर, तोकिएभन्दा कम रहे नरहेको लगायत विषयमा परीक्षण गर्नेछन् ।