भारतबाट ल्याउने १५ वटा मुर्रा राँगा मध्ये ५ वटा पोखरामा ल्याईने

पोखरा । पोखरा महानगरपालिकाले सरकारले भारतबाट ल्याउन लागेको १५ वटामध्ये ५ वटा मुर्रा राँगा पोखरा महानगरपालिकाले पोखरा ल्याउन पहल गर्ने भएको छ ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले आगामी आर्थिकको निति तथा कार्यक्रम सार्वजनिक गर्दै कम्तीमा ५ वटा
मुर्रा राँगा पोखरा स्थित पशु प्रजनन केन्द्रमा ल्याउन पहल गर्ने बताएका हुन् ।

महानगर क्षेत्रमा नस्ल सुधार सहित भैंसी पालन व्यवसायलाई प्रोत्साहन तथा प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।