अब आवासीय र व्यावसायिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले बहुतले आवासीय एवम् व्यावसायिक भवनहरुमा सवारी साधन पार्किङ गर्ने सेवाग्राहीहरूसँग शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।

आर्थिक ऐन २०८० मार्फत महानगरपालिकाले यस्तो व्यवस्था गरेको हो । आर्थिक ऐन अनुसार आफ्नो सेवाग्राही भन्दा बाहेक अन्यसँग भने पार्किङ शुल्क लिन महानगरपालिकाले रोक लगाएको छैन ।

महानगरपालिकाले सार्वजनिक सडकमा सवारी साधन पार्किङ सञ्चालन गर्न अनुमति नदिने बताएको छ ।

तर, महानगरले आफैंले आफ्नो क्षेत्र भित्र निश्चित अवधि तोकी सवारी साधन पार्किङ सुविधा उपलब्ध गराएवापत ऐनको अनुसूची ११ बमोजिमको सवारी साधन शुल्क लिई असुल गरिने ऐनमा उल्लेख छ ।

निजी भवन वा जग्गामा पार्किङ व्यवसाय चलाउन महानगरबाट अब अनिवार्य अनुमति लिनु पर्ने छ ।