ठुलो मात्रामा धारामुनी लुकाई राखेका सुनका गहना बरामद

काठमाडौँ । सुर्खेतमा सुनका गहनासहित एक जना पक्राउ परेका छन्। वीरेन्द्रनगर नगरपालिका–३ बाट सुनका गहनासहित मानबहादुर सुनारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

धारामुनी लुकाई सुनका विभिन्न गहनासहित बुधबार राति सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

ठूलो मात्रामा सुन लुकाएको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा सुनका गहनाहरु फेला पारेको सुर्खेतका डिएसपी रामप्रसाद घर्तिमगरले जानकारी दिए।

उनका अनुसार लुकाइ राखेको अवस्थामा दुई थान हातमा लगाउने कडा, १६ थान चुडा, चार थान श्रीफूल, पाँच थान झुम्का, तीन थान क्लिप र एक थान काँटा नियन्त्रणमा लिइएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।