अब अराजनीतिक गतिविधि विश्वविद्यालयमा स्वीकार्य हुँदैनः मन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री अशोककुमार राईले गैरप्राज्ञिक तथा अराजनीतिक गतिविधि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारलाई मात्रै नभई सम्पूर्ण सभ्य समाजलाई नै स्वीकार्य नहुने बताएका छन् ।

मंगलबार त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्वविद्यालयलाई समयसापेक्ष बनाउन भौतिक संरचना, निर्माण, प्रयोगशाला, पुस्तकालय जस्ता सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले अराजक, गैरप्राज्ञिक, तथा अराजनीतिक गतिविधि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारलाई मात्रै नभइ सभ्य समाजलाई नै स्वीकार्य हुन नसक्ने बताए ।

उनले भने,‘केही वर्ष अघिदेखि त्रिवि व्यवस्थापन र पदाधिकारीकाबिरुद्ध सभ्य र प्राज्ञिक क्षेत्रका लागि अस्वीकार्य गतिविधि भइरहेको नजिकबाट नियालीरहेको छु । सरकारबाट सबै पक्षलाई आफ्ना माग पूरा गराउने नाममा यस्ता गतिविधि नगर्न र समस्याको समाधान वार्ताको माध्यमबाट गर्नसमेत ध्यानाकर्षण गराउन चाहन्छु, त्यस्ता अराजक, गैरप्राज्ञिक, तथा अराजनीतिक गतिविधि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारलाई मात्रै होइन, सम्पूर्ण सभ्य समाजलाई नै स्वीकार्य हुन सक्दैन ।’

उनले केही वर्ष अघिदेखि त्रिवि व्यवस्थापन र पदाधिकारीकाबिरुद्ध सभ्य र प्राज्ञिक क्षेत्रका लागि अस्वीकार्य गतिविधि भइरहेको कुरालाई आफूले नियालीरहेको र सरकारबाट सबै पक्षलाई आफ्ना माग पूरा गराउने नाममा यस्ता गतिविधि नगर्न र समस्याको समाधान वार्ताको माध्यमबाट गर्नसमेत ध्यानाकर्षण गराए ।

उनले विश्वविद्यालयको पुनः संरचनाको विषय पुराना पाठ्यक्रमहरु समयसापेक्ष परिमार्जन गर्ने विषय, विश्वविद्यालयको अध्ययन, अुनसन्धानलाई प्रविधिमैत्री बनाउने विषय र ठूलो संख्यामा उच्च शिक्षका लागि विदेशीने क्रमलाई देशमै अवसर प्रदान गरी रौक्नुपर्ने विषय अहिलेका ज्वलन्त विषय रहेको बताए ।