ललिता निवास प्रकरणमा एमालेलाई बद्नाम गर्न खोजियो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ललिता निवास प्रकरणमा एमालेलाई बद्नाम गर्न खोजिएको आरोप लगाएका छन् ।

मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले ललिता निवास प्रकरणमा एमालेलाई बद्नाम गर्न खोजिएको भन्दै कोही पनि एमाले नेताले गढबढी गरेको पुष्टि भए पार्टीले कारबाही गर्ने प्रष्ट्याए ।

‘केही विषयमा एमालेलाई नियोजित रूपमा मुछेर मुलुकको ध्यान अन्यत्रै मोड्ने काम भएको छ’, भट्टराईको दाबी छ ।