शिखर अर्गनाईजेसन मातहतमा रहेको अर्थ टेलिभिजिनका साहु पक्राउ टेलिभिजन वन्द हुने अवस्थामा

काठमाडौं । पछिल्लो समय नेपाली सञ्चार क्षेत्रमा फस्टाएको टेलिभिजन सञ्चार माध्यम क्रमश ः वन्दै हुँदै गईरहेका छन् । सञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीलाई तलव नदिने तर लगानी कर्ता भने प्रेस अंकित महंगो सवारी चढेर कालो धनलाई सेतो बनाउने काममा जुटेको धेरै नै देखिन्छ । अझ कोभिड पछाडिको अवस्था हेर्ने हो भने त अवस्था भयावह नै देखिन्छ ।
सरकारको कमी कमजोरीका कारण सञ्चारका नाममा गलत कार्यहरु हुँदै गईरहेका छन् । कालोधनलाई सेतो बनाउनका लागि विभिन्न व्यापारीहरुले सञ्चार गृह शुरु गरेका पनि प्रशस्त उदाहरणहरु छन् । शिखर अर्गनाईजनेसन अन्तर्गतको उपकार मिडियाले सञ्चालन गरेका अर्थ टेलिभिजनका प्रवन्ध निर्देशक केदारनाथ न्यौपाने सहकारी ठगी प्रकरणमा परेका छन् ।

हुन त उनी सहकारीको १४ अर्व रुपैयाँ ठगी प्रकरणमा भारतका पक्राउ परेका न्यौपाने सञ्चार गृह सञ्चालन गरेर त्यसबाट कस्ता खालका धन्दा सञ्चालन गरिरहेका थिए भन्ने कुरा कसैले सार्वजनिक गर्ने आँट गरेको छैन । नेपालगञ्जका न्यौपाने काठमाडौंमा बजार प्रतिनिधिका रुपमा काम शुरु गरेपनि केही वर्षमा नै अवौं पति बन्न कसरी सफल भए भन्ने कुरा गुप चुप नै राखियो । केही ठूला सञ्चारगहृका मालिकहरुले न्यौपानेका ठगी धन्दाको गन्ध थाहा पाएसँगै उनीसँग आर्थिक मिलेमतोमा नै जोगाउने काम विगतमा गरे ।

पटक पटक ठूलो रकम सञ्चारगृहका मालिकहरुलाई बुझाउनु थालेपछि न्यौपानेको शिखर अर्गनाईजेशनले उपकार मिडिया मार्फत टेलिभिजन नै सञ्चालनमा ल्यायो । भक्तपुरमा शिव शिखर कृषि सहकारी दर्ता गरेर उनले त्यसबाट कृषि मेशिनरी सामानदेखि बीउ बीजन आयात गरी विक्री गर्ने काम पनि गर्दै आईरहेका थिए । एक देशक अगाडि भक्तपुरमा शिव शिखर कृषि सहकारीले उदेश्य विपरित कार्य गर्न थालेपछि त्यसबेला साना सञ्चार माध्यमहरुले समाचार प्रकाशन गरेपछि त्यस बेला सहकारी विभाग लगायत सरकारी निकायका उच्च अधिकारीसँगको मिलमतोमा सो सहकारीले गरेका गैरकानूनी कार्यलाई छुट दिइएको थियो ।

विभिन्न सहकारी मर्ज गराएर ठूलो आर्थिक धनराशी संकलन गर्न सफल भएपछि दर्जनभन्दा बढी कम्पनी सञ्चालन गरी उनको ठगी धन्दा अझै मौलाउँदै गयो । त्यसलाई ढाकछोप गर्न र सरकारी अधिकारीहरुलाई आफू मिडिया मालिक भएको देखाउने र मिडियालाई प्रयोग गरेर उनको ठगी अझै बढाउने नियतले गत वर्षदेखि टेलिभिजन सञ्चालन गर्न सफल भएका थिए । उनको ठगी धन्दा र सोही कारण पक्राउ परेपछि सो टेलिभिजन पनि वन्द हुने संकेत देखिएको छ ।

अहिले खुलेका धेरै सञ्चारगृहहरु यस्तै अवस्थाका छ । नेपालमा ठूला सञ्चार गृह कसरी खुलिरहेका छन् भन्ने कुरालाई शिखर अर्गनाईजेनका साहुले पुष्टि गरिदिएका छन् । पत्रकारलाई तलव दिन नसक्ने तर आफू पनि करोडौं गाडीमा हिड्ने हैसियत टेलिभिजनका साहुहरुको कसरी बन्यो खोज्ने काम सरकारले गर्न सक्ला ।