एकदिवसीय वरीयतामा नेपाल १४ औँ स्थानमा, आसिफ र सोमपाल भने १ स्थान माथि उक्लिए

काठमाण्डौ । नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १४ औँ स्थानमा यथावत् रहेको छ ।

नेपाल ३८ खेलमा ३५ रेटिङका साथ १४ औँ स्थानमा छ । नेपालले यही हप्ता आईसीसी विश्वकप छनोटमा चारमध्ये तीन खेलमा पराजित भए पनि वरीयता यथावत् रहेको हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको शीर्ष स्थानमा अस्ट्रेलिया छ । यस्तै पाकिस्तान दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो, इङ्ग्ल्यान्ड पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, अफगानिस्तान नवौँ र वेस्ट इन्डिज १० औँ स्थानमा छन् ।

नयाँ वरीयताअनुसार नेपालका ब्याटर आसिफ शेख र बलर सोमपाल कामीले १र१ स्थान सुधार गरेका छन् । आसिफ ७२ औँ स्थानमा उक्लिँदा सोमपाल ७४ औँ स्थानमा आइपुगेका छन् ।