ज्याक मा पाकिस्तान गए

काठमाडौ । चिनियाँ अर्बपति ज्याकमा नेपालको तीनदिने बसाइपछि आज पाकिस्तान गएका छन् ।

बिहान ११ः२५ को फ्लाइटमा पाकिस्तानको लाहोरका लागि जेट बिमान उडेको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनी मंगलबार सिङ्गापुरबाट बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर नेपाल आएका थिए । उनीसहित अरु ६ जना पनि आएका थिए । जसमा एकजना महिला पनि ज्याकमाको टोलीमा थिइन् ।

अध्यागमन विभागका अनुसार ज्याकमा ३ दिनको टुरिष्ट भिसा लिएर नेपाल भित्रिएका थिए । ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक हुन् ।