कोसी प्रदेश : विश्वासको मतमा जसपा तटस्थ बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले कोसी प्रदेशमा विश्वासको मतको पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय गरेको छ ।

प्रदेश कमिटीको आज बसेको बैठकले मुख्यमन्त्री हिक्मत कार्कीको पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय नगरेको बताइएको छ ।पार्टीका कोसी प्रदेश अध्यक्ष दिपक याख्याको अध्यक्षतामा बसेको बैठकले मत नदिने निर्णय गरी सोहीअनुरुप आफ्नो सांसद निर्मला लिम्बूलाई निर्देशन दिएको हो ।

पार्टीका राजनीतिक सल्लाहकार तथा कोसी प्रदेशसभाका पूर्वसदस्य जयराम यादवले सत्तासीन नेकपा (एमाले) र गठबन्धनका नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) कोसी नामांकनको विषयमा एकै ठाउँमा रहेकोले पक्ष र पक्षमा मत नदिने निर्णय भएको जानकारी दिए ।

कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले आजको प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कायसूची छ ।