असार २४ गतेबाट चालू आर्थिक वर्षको सबै सरकारी भुक्तानी बन्द हुने

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्ष २०७९/८० मा गर्नुपर्ने भुक्तानी असार २४ गतेभित्रै गरीसक्न निर्देशन दिएको छ ।

कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै असार २४ गतेपछि सबै भुक्तानी बन्द गर्ने व्यवस्था गर्न भनेको छ ।

आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अघि सबै भुक्तानी बन्द हुनेछ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनु भन्दा ७ दिन अगाडि नै निकासा भुक्तानी नहुने र प्रणाली समेत बन्द हुने महालेखाले जनाएको छ ।

यसबीचमा नियमले निर्दिष्ट गरेको कामका लागि बाहेक सबै भुक्तानी बन्द हुने छ । उक्त नियम स्थानीय तह र प्रदेशको हकमा समेत लागू हुनेछ ।