सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा सुतको मूल्य घटेको छ। आइतबारको तुलनामा (सोमबार) तोलामा २ सय रुपैयाँले सुनको मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मुल्य पनि तोलामा २ सय रुपैयाँले नै घटेर ९७ हजार ७ सयमा कारोबार भइरहेको छ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।