विश्वकप प्ले अफ : सन्दीपले लिए विकेट

काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको प्ले अफ सेमिफाइनलमा अहिले नेपाल र यूएई भिडिरहेका छन् । टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले १५ ओभरमा २ विकेट गुमाएर ६४ रन जोडेको छ ।

नेपालका सन्दीप लामिछाने र करन केसीले एक एक विकेट लिए । यूएईले रन नजोड्दै करन केसीले आसिफ खानलाई आउट गरेका थिए । १५ औं ओभरमा बलिङमा आएका सन्दीपले आफ्नो पहिलो ओभरमै विकेट हात पारे । उनले विकेटकिपर आर्यांस शर्मालाई २८ रनमा आउट गर्दै ६४ रनको साझेदारी तोडेका हुन् ।