गृहमन्त्रीको सवारीले ठक्कर दिँदा २ जना घाइते

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलको अगुवा गाडी (मन्त्री सवार गाडी भन्दा अघि गुड्ने) ले स्कूटरलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

बा १ झ ५५९४ नम्बरको गाडीले बा ९४ प १०२५ नम्बरको स्कूटरलाई मंगलबार बिहान साढे ९ बजेतिर सिंहदरबारको पश्चिम गेट नजिकै ठक्कर दिएको हो ।

गृहमन्त्री थापालाई लिन जाने क्रममा गाडीले स्कूटरलाई ठक्कर दिँदा स्कूटरमा सवार दुईजना घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।