चरिकोट– सिँगटी सडक खण्डमा यातायात पूर्णरूपमा ठप्प

काठमाडौं । चरिकोट– सिँगटी सडक बाढीले बगाएपछि यातायात पूर्णरूपमा ठप्प भएको छ । लदोलखाको तीन वटा गाउँपालिकालाई जोडने यो मुख्य बाटो नै बगाएपछि यातायात पूर्णरूपमा ठप्प भएको हो ।

कालिञ्चोक गाउँपालिका– ४ को चरिकोट –सिँगटी सडक खण्डको बञ्चरे नजिकै चिउरीखर्कमा सोमबार राति खहरेको बाढीले सडक बाढीले बगाएपछि यातायात अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

मुख्य सडक पूर्णरूपमा बाढीले बगाएपछि जिल्लाको उत्तरी क्षेत्रको यातायात ठप्प बनेको हो । वैकल्पिक सडकसमेत वर्षाका कारण अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएका कारण एम्बुलेन्स, खाद्यान्न ढुवानी लगायत समेत प्रभावित बनेको प्रहरीले जनाएको छ । वैकल्पिक सडक बनाउनसमेत बस्ती जोखिममा पर्ने भएकाले सडक खुलाउन तत्काल कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।