पहिरोले घर पुरिँदा चार घाइते, ३ जनाको अवस्था गम्भीर

काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पणेनामा पहिरोले घर पुरिँदा ४ जना घाइते भएका छन् । ३ जनाको अवस्था भने गम्भीर रहेको अर्घाखाँचीका डिएसपी मुकुन्द रिजालले बताए । डिएसपी रिजालले भने–‘३ जना अचेत हुनुहुन्छ, स्थानीय स्वास्थ्य चौकीमा उपचार हुँदै छ ।’

पहिरोले आधा घर पुरिएपछि प्रहरीले स्थानीयको सहयोगमा उनीहरूलाई उद्धार गरेको थियो । गम्भीर घाइते हुनेमा १२ वर्षीय खुम बहादुर रास्कोटी, १० वर्षीय धन बहादुर रास्कोटी र ११ वर्षीय अन्जु रास्कोटी छन् । १४ वर्षीय सचिन रास्कोटीको अवस्था सामान्य छ । सचितको टाउको र मुखमा चोट लागेको छ ।