अर्थतन्त्रको अवस्था सुधारोन्मुख छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारोन्मुख हुँदै गएको दाबी गरेका छन्। मंगलबार अर्थसमितिको बैठकमा बोल्दै अर्थमन्त्री महत भने, ‘अर्थतन्त्रको अवस्था सुधारोन्मुख , संकटमा छैन। बहसहरू चलिरहन्छन्। समग्रमा अर्थतन्त्रको अवस्था राम्रो रहेको छ।

नेपाल भौतिक रुपमा पछि परेको स्वीकार्दै मागहरू धेरै रहेको र त्यसलाई पूरा गर्न नसक्दा असन्तुष्टि आउनु स्वभाविक रहेको बताए।

उनले समस्याहरू विविध क्षेत्रमा रहेकाले अर्थ मन्त्रालयले अगुवाइ गर्ने भनाइ राख्दै उनले तर विभिन्न मन्त्रालयको समान क्रियाशिलता र भूमिका रहे मात्र लक्ष्यमा पुग्न सकिने बताए।

सांसदहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले राजस्व उठ्ने क्रममा समस्या देखिए पनि प्रगति भने भएको दाबी गरे। उनले आन्तरिक राजस्वमा गत सालको भन्दा बढी उठाउन सक्ने बताए।