धन्सार भत्किंदा गोरखामा एक जनाको मृत्यु, २ जना घाइते

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका -४ पाटापाटीमा निर्माणधीन धन्सार भत्किंदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

जंगबहादुर बरामको निर्माणाधीन धन्सार भत्किंदा उनकी श्रीमती ४१ वर्षीय मिना बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक ९डीएसपी० रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

‘निर्माणाधीन धन्सारको तला छाप्ने क्रममा एक्कासी भत्किएर उहाँहरु च्यापिन पुग्नु भएछ,’ उनले भने, ‘त्यसपछि त्यहाँ रहेका छिमेकी र आफन्तहरुले उद्धार गर्नुभएको खबर प्राप्त भएको छ ।’

धन्सार भत्किंदा जंगबहादुरका छोरा २१ वर्षीय सुजन बराम र काम गर्न गएका छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते भएका छन् ।

गम्भीर घाइते भएका रामकृष्णलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । उनको कम्मरमुनिको भाग ढुङ्गाले च्यापेको प्रहरीले जनाएको छ । छोरा सुजनको अवस्था भने सामान्य रहेको डीएसपी श्रेष्ठले बताए ।

घटना अन्दाजी बिहान ९ बजे भएको हो । घटनाको जानकारी आउने बित्तिकै ताङ्लीचोक प्रहरी चौकीबाट घटिएको टोली अहिले घटनास्थलमा पुगी थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।