काठमाडौं । दोहोरो नागरिकता लिएको अभियोगमा प्रहरीले कञ्चनपुरमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जनाविरुद्ध दोहोरो नागरिकता सम्बन्धी जाहेरी दर्ता भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अघि बढाइएको छ ।
Add Comment