गलत बोल्दा प्रश्न गर्नु प्रतिपक्षको मूल कर्तव्य हो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रश्न गर्नु प्रतिपक्षको त मूल कर्तव्य भएको बताएका छन् ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिका बारेमा टिप्पणी गर्दै उनले भनेका छन्, प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ सत्तारूढले नै प्रश्न गरेका छौँ प्रतिपक्षको त मूल कर्तव्य नै हो ।’

‘नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो’ भनेका छन् ।

उनले लेखेका छन्, ‘मित्र राष्ट्रहरूलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलतः प्रधानमन्त्री कै हो । आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो ।’

प्रधानमन्त्रीले गलत बोल्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको भएको पनि उनले बताएका छन् ।