एमालेको अवरोध पछि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । बिहीबारको राष्ट्रिय सभा बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘विवादास्पद’ अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आज पनि एमालेले बैठक अवरोध गरेको हो ।

एमालेकै अवरोधका कारण बुधबार बस्ने भनिएको बैठक बिहीबार १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार एक कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संघीय संसदको दुवै सदन अवरुद्ध गरिरहेको हो ।