हामीले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छैनौं : मनीष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले प्रधानमन्त्रीको राजीनामा पार्टीको मागको विषय नभएको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बाल्दै झाले यस्तो बताएका हुन् ।

‘केही कुराहरूमा आशंका र आक्रोश छ। प्रधानमन्त्रीले स्पष्ट पारिदिनुपर्छ,’ उनले भने, ‘अरू दलको माग, बोलीका विषयमा हामी जिम्मेवारी लिँदैनौं। विपक्षीको लहरमा बसेका भएर त्यस्तो देखियो होला मिडियाले एमालेसँग जोडेर परिचय स्थापित गर्न खोज्नु गलत छ। हाम्रो राजनीतिक परिचय र अस्तित्व फरक छ।, हामी फरक मत, पहिचानसहित त्यहाँ पुगेका छौं, हामीले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छैनौं,’ उनले भने।

उनको प्रधानमन्त्रीको अभिव्यक्तिले सार्वभौम संसद, प्रधानमन्त्री निर्वाचित हुने प्रक्रियाको अवहेलना भएको उनको ठहर छ।

‘उहाँले भावनात्मक रूपमा आएर यत्तिकै विवेक गुमाएर दिनुभएको हो कि, कुन तर्कले बोल्नु भएको हो, त्यो स्पष्ट पारिदिन आग्रह गर्न चाहन्थ्यौं। तर, हामीले बोल्ने मौका पाएनौं,’ उनले भने।