अफगानिस्तासँग पराजित भएको भोलिपल्टै बंगलादेशका कप्तान तमिमले दिए अप्रत्यासित संन्यास

काठमाडौं । बंगलादेशका एकदिवसीय कप्तान तमिम इकबालले भारतमा विश्वकप सुरु हुनुभन्दा तीन महिनाअघि नै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।

१६ वर्षको अन्तर्राष्ट्रिय करियर अन्त्य गर्दा पत्रकारको भीडले घेरिएका तमिम अत्यन्त भावुक तथा आँखाँ भरी आँसु पारेका थिए।

बंगलादेशले अफगानिस्तानसँको तीन एकदिवसीयको पहिलो खेलमा पराजित भएको एक दिनपछि उनले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत संन्यास घोषणा गरेका थिए।

बंगलादेश क्रिकेट बोर्डले नयाँ कप्तानको नाम तोकेको छैन। शाकिब अल हसनले टी-२० फर्म्याटमा टोलीको नेतृत्व गरिरहेका छन् भने लिटन दास टेस्ट कप्तान छन्।

३४ वर्षीय तमिमले गत वर्ष यहि समयमा टी–२० बाट संन्यास लिएका थिए । उनको अन्तिम टेस्ट अप्रिलमा आयरल्याण्डविरुद्ध थियो।

तमिमले फेब्रुअरी २००७ मा आफ्नो एकदिवसीय डेब्यूको साथ आफ्नो अन्तर्राष्ट्रिय करियर सुरु गरे र वेस्ट इन्डिजमा भएको विश्वकपमा भारत विरुद्ध बंगलादेशको ऐतिहासिक जितमा अर्धशतक बनाए। उनले आफ्नो देशका लागि सबैभन्दा धेरै एकदिवसीय रन (८३१३) र शतक (१४) बनाएका छन्, र विराट कोहली र रोहित शर्मा पछि हालका क्रिकेटरहरूमध्ये तेस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन्।

टेस्ट ब्याट्सम्यानको रूपमा, तमिमले ५१३४ रन बनाए ( बंगलादेशका लागि दोस्रो उच्च -३८.८९ को औसतमा, ७० खेलमा १० शतक सहित प्रहार गरे।

एकदिवसीय कप्तानको रूपमा तमिमले बंगलादेशको सफल कप्तान मोर्तजाको तुलनामा थोरै बढी जित हासिल गरेका छन्। तमिमले कप्तानको रूपमा ३७ ओडीआई मध्ये २१ जितेका छन्, र उनले अक्टोबर र नोभेम्बरमा भारतमा हुने विश्वकपका लागि छनोट गराउने क्रममा सुपर लिगमा बंगलादेशलाई तेस्रो स्थान दिलाउन सफल भए। उनले सन् २०१७ मा न्युजिल्याण्ड विरुद्धको एक टेस्ट खेलमा बंगलादेशको कप्तानी समेत गरेका थिए।