नासु र अधिवक्ता हातपात प्रकरण : वकिल र कर्मचारीबीच ७ बुँदे सहमति

काठमाडौं । ललितपुर जिल्ला अदालतका कर्मचारी र कानून व्यवसायीबीच सहमति भएको छ । बारका प्रतिनिधि र कर्मचारीसहितको रोहबरमा नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेले ७ बुँदे सहमति गरेका छन् ।

असार १३ गते लामिछानेले तामाङलाई कार्यकक्षमा कुटपिट गरेपछि वकिल र कर्मचारीबीच तनाव बढ्दै गएको थियो । यसले न्याय सेवासमेत प्रभावित बनेको छ ।

सहमतिअनुसार बार र कर्मचारी दुवैतर्फका आन्दोलन फिर्ता लिइएको छ ।