कोशीका मुख्यमन्त्री थापाले लिए शपथ

काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेसबाट माओवादी केन्द्र लगायत दलहरुको समर्थनमा बिहीबार मुख्यमन्त्री बनेका थापाले आज शुक्रबार शपथ ग्रहण गरेका हुन् ।

उनलाई बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए । आज उनै खापुङले शपथ खुवाएका हुन् । मुख्यमन्त्री थापाले पहिलो दिन २ जना मन्त्री समेत नियुक्त गरेका छन् । नेकपा एकीकृत समाजवादीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनारलाई उनले मन्त्री नियुक्त गरेका छन् । तर उनीहरुको जिम्मेवारी विभाजन गर्न बाँकी रहेको जनाइएको छ ।