काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडाअध्यक्ष र वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालले सो नगरपालिकाका वडाअध्यक्ष वुलन यादव र वडा सचिव अमृत नारायण मिश्रविरुद्ध आज ९शुक्रबार० विशेष आदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिए ।
सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए वापत सेवाग्रहरीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा आयोगको कार्यालय बर्दिबासबाट खटिइ गएको टोलीले ७० हजार घुस लिइसकेको अवस्थामा यादव र मिश्रलाई नियन्त्रणमा लिएको थियो ।
प्रवक्ता दाहालले यादव र मिश्रले सडक निर्माणको कार्य सम्पन्न पश्चात भुक्तानीका लागि पूर्वाधार विकास कार्यालय, धनुषालाई सिफारिस गरी दिएवापत सेवाग्राहीसँग ७० हजार घुस लिएको पुष्टी भएको जानकारी दिए।
उनका अनुसार वडाअध्यक्ष यादव र वडा सचिव मिश्रलाई ७० हजार बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो ।
Add Comment