सरकारले भ्रष्टाचारका फाइल खोले त्यसमा साथ दिन रास्वपा तयार छ : रवि लामिछाने

फाईल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले भ्रष्टाचारका फाइल खोले त्यसमा साथ दिन आफ्नो पार्टीतयार रहेको बताएका छन् ।

त्यस्तै लामिछानेले आफ्नो पार्टीमा भएका गलत कामलाई गलत नै भन्ने दाबी समेत गरे।

शनिबार रुपन्देहीमा भएको एक कार्याक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टीभित्र रहेर गलत काम गर्नेलाई आफुहरुले ढाकछोप नगर्ने दाबी गरेका हुन् ।