विश्वकप क्रिकेट छनोट : उपाधिका लागि श्रीलङ्का र नेदरल्यान्ड्स भिड्दै

काठमाण्डौ  । आईसीसी विश्वकप क्रिकेट छनोटको उपाधिका लागि आज श्रीलङ्का र नेदरल्यान्ड्स भिड्दै
छन् ।

फाइनल खेल जिम्बावेको हरारेमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे शुरु हुनेछ ।

१० टोली सहभागी यो प्रतियोगिताको शीर्ष दुईमा रहेका श्रीलङ्का र नेदरल्यान्ड्स आउँदो अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपमा पुगेका छन् । सुपर लिगबाट आयोजक भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बङ्लादेश र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाएका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमा अक्टोबर ५ तारिखमा इङ्ल्यान्ड र न्युजिल्यान्ड अहमदाबादमा खेल्नेछन् । प्रतियोगिताको आयोजक भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ तारिखमा अस्ट्रेलियासँग खेल्नेछ ।