प्रधानमन्त्रीको नेतृत्वमा भ्रष्टाचारको अभियान सँगै समाजवादको बाटो सुरू भइसक्यो : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाजवाद नेपाली विशेषताको नेपाली माटोमै रहेको बताएका छन् ।

सोमबार बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहमा उनले नेपाली समाज, समाजवाद कस्तो हुने रु नेपाली समाजवादको विशेषता के हुन् रु नेपाली समाज कसरी बनेको छ र समाजवादमा पुग्न के काम गर्नुपर्छ रु नेपाली समाजमा चलिरहेको सांस्कृतिक अभ्यासहरुलाई कसरी जीवित गराउने र कसरी विकास गर्ने रु भन्ने अध्ययन गर्न आवश्यक रहेको बताए ।

भ्रष्टाचारको सफा अभियानदेखि नै समाजवादको बाटो सुरू हुने भन्दै प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा त्यो सुरू भइसकेको किरातीको दाबी छ ।

उनले भने, ‘नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान हामीले गर्नैपर्छ । नेपाली समाजलाई समाजवादमा पुर्‍याउने काम हामीले गर्नैपर्छ । यो हाम्रो कार्यभार हो । त्यो थालनी सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा भइसकेको छ ।’