पार्किन्सनजस्तो दुर्लभ रोगबाट ग्रसित सीता दाहाल अस्ताईन्

काठमाडौं । सीता दाहालको ६९ वर्षको उमेरमा बुधवार निधन भएको छ ।

वि।सं। २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा जन्मिएकी दाहालको उपचारका क्रममा बुधवार नर्भिक अस्पतालमा निधन भएको हो ।

आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीता दाहालको २०२६ सालमा पुष्पकमल दाहाल प्रचण्डसँग विवाह भएको थियो ।

प्रचण्ड अहिले नेपालको प्रधानमन्त्री छन् ।

वि.सं. २०२८ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध सीता जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै अहिले नेकपा ९माओवादी केन्द्र० को केन्द्रीय सल्लाहकार थिइन् ।

पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन विताएकी सीता दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियता जनाइन् ।

जनयुद्धमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् ।

पछिल्लोसमय उनी पार्किन्सनजस्तो दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित हुँदै थिइन् ।

भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भइसकेको छ ।

छोरीहरू रेनु दाहाल अहिले भरतपुर महानगरपालिकाको मेयर छिन् । गंगा दाहाल प्रधानमन्त्री प्रचण्डको सचिवालयमा रहेर काम गर्दै आएकी छन् ।

माओवादी आन्दोलनमा सीताको योगदान महत्वपूर्ण मानिन्छ