सिता दाहालको निधन प्रति रवि लामिछानेद्धारा दु:ख व्यक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछाने सिता दाहालको निधन प्रति दु:ख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यु की धर्मपत्नी सीता दाहालको निधन भएको खबरले स्तब्ध बनाएको छ।यस दुखद घडीमा उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।साथै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं।