सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य आज बढेको छ ।

छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले वृद्धि भई १ लाख ११ हजार ६ सय रुपैयाँमा कायम भएको छ ।

बजारमा तेजाबी सुन भने प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसै गरी यस दिन चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।