माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक बोलाइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनपछि आकस्मिक बैठक बस्न लागेको हो ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने र नेताहरू आउने क्रम सुरू भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।

सीता पार्टी सल्लाहकारसमेत थिइन् ।