अबको एक साताभित्र काठमाडौँमा कोरोना भयाभह हुन सक्ने डब्लूएचओको चेतावनी

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा अबको केही समय कोरोना संक्रमित संख्या निकै बढ्न सक्ने चेतावनी दिएको छ । डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डलियरले अहिले कोरोना संक्रमितको संख्या बढिरहेको छ । तर यो सुरुवात मात्रै रहेको भन्दै उनले अबको केही साता तथा महिनापछि अवस्था झन् खराब हुन सक्ने चेतावनी दिएका हुन् ।

यसअघि नेपालमा विदेशबाट फर्किएकामा मात्रै संक्रमण देखिएकोमा अहिले समुदायस्तरमा पनि संक्रमण देखिन थालेको छ । अब केही समय समुदाय तहमा संक्रमण व्यापक हुन सक्ने उनको भनाइ छ । अहिले ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । यसका कारण विशेषगरी वृद्धवृद्धालाई जोखिम बढी देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग कुरा गर्दै उनले कुल जनसंख्याको एकदेखि दुई प्रतिशतमा मात्र कोरोना संक्रमण भएको छ । संक्रमण भएकामध्ये पनि धेरैमा सामान्य लक्षणमात्र देखिने भएकोले यो अति घातक अवस्था भने नहुने जानकारी दिए । उनले टोल छिमेकमा संक्रमण देख्दैमा भयभीत भने हुन नपर्ने पनि बताए ।