१५ किलो चरेससहित दुई जना पक्राउ

काठमाडौं । मोटरसाइकलको ट्याङकीमा लुकाई नेपालबाट भारततर्फ लैजाँदै गरेको १५ किलो चरेससहित दुई जना वीरगञ्जबाट पक्राउ परेका छन्।

चरेशसहित पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–५ बस्ने ३५ बर्षिय सत्यनारायण माझी र ४० बर्षिय प्रलाद माझी छन्। बीआर २२ एम ४२०६ नम्बरको मोटरसाईकलको ट्याङकीमा लुकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले चेकजाँच गर्ने क्रममा वीरगञ्ज–१६ स्थित भन्सार मेनगेट क्षेत्रबाट दुबैजनालाई पक्राउ गरेको हो।

पक्राउ परेका दुबैजनालाई आवशयक कारवाहीको लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझार्ईएको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले जानकारी दिएको छ।