आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । चाँदीको स्थिर रहेको छ ।

अघिल्लो दिन बुधवार १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले वृद्धि भई १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसै गरी बिहीबार चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा स्थिर रहेको छ ।