गाँजा खेतीको सम्भावना र निकासी पैठारीबारे प्रतिवेदन तयार पारिएको छ : कानूनमन्त्री गुरुङ

काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गाँजा उत्पादनबारे अध्ययन प्रतिवेदन तयार भएको जानकारी दिएका छन् ।

विहीबारको राष्ट्रिय सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा कानूनमन्त्री गुरुङले गाँजाखेतीको सम्भावना र निकासी पैठारीबारे ठोस अध्ययन गरी प्रतिवेदन तयार पारिएको जानकारी दिए । उनले भने, ‘गाजा जन्य पदार्थको उत्पादन, विक्रि वितरण निकास पैठारी, ओसारपसार भण्डारण तथा उपयोग गर्ने व्यवस्था गर्ने र सोबाट समाजमा पर्न गएको सकारात्मक तथा नकारात्मक असर तथा अन्तराष्ट्रिय अभ्यास समेतको आधारमा नेपाल कानुनको आयोगबाट अध्ययन प्रतिवेदन तयार भई आवश्यक कारवाहीको लागि प्रतिवेदन गृहमन्त्रालयमा पठाइसकेको छ ।’

उनले विभिन्न अदालतमा रिक्त न्यायधिश पदपूर्तिको लागि आवश्यक पहल भइहरेको बताए । छिटो छरितो न्याय सम्पादनको लागि मुद्दा व्यवस्थापनको अतिरिक्त कार्यविधी कानूनमा सुधार हुनुपर्ने उनको भनाई छ।