गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले आज प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिएको हो ।

गण्डकी प्रदेश मन्त्रिपरिषदको २०७९ चैत ८ गतेको निर्णयअनुसार असार २९ गते आज बिदाको निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए ।

भानु नगरपालिका-४, चुँदीरम्घामा १८७१ असार २९ मा जन्मिएका भानुभक्तको १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यको प्राथमिककालको प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकी रामायणका अनुवादकका रूपमा प्रख्यात छन् ।