एसीसी इमर्जिङ कप : पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै नेपाल

काठमाडौं । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालले आज (शुक्रवार) पाकिस्तान ‘ए’ सँग खेल्दै छ । दुई देशबीचको खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपाली समयानुसार बिहान सवा १० मा हुनेछ ।

पाकिस्तानको ए को टोलीमा केही चर्चित अनुहार समेत रहेका छन् । नेपाल भने साविक कप्तान रोहित पौडेलको कप्तानीमा मैदान उत्रदै छ ।

गत मेमा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो ।

नेपालले दोस्रो खेलमा सोमवार भारत ए सँग खेल्नेछ । भारतसँगको खेल डे नाईट खेल हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधवार युएई ए सँग खेल्नेछ ।