एसीसी इमर्जिङ कप : कुशल भुर्तेल र आसिफ शेख आउट

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र पाकिस्तानबीचको खेल सुरु भएको छ । टस जिती ब्याटिङको निर्णय लिएको नेपालले दुई विकेट प्रारम्भमै गुमाएको छ । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल एक रन बनाउँदै आउट भएका हुन् ।

अर्का ओपनर आसिफ शेख पनि १२ रन बनाएर पेभेलियन फर्किए । भुर्तेल आउट हुँदा नेपालको स्कोर १४ रन थियो । आसिफ शेख आउट हुँदा नेपालको स्कोर १९ रन थियो । अहिले नेपाल चार ओभरमा दुई विकेटको नोक्सानीमा १९ रन बनाएर खेल्दैछ ।

नेपालका अर्जुन साउद पाँच रन र कप्तान रोहित पौडेल शून्य रनमा छन् । नेपालको पहिलो विकेट पाकिस्तानी बलर सहनवाज दहानीले लिएका हुन् । दोस्रो विकेट पनि उनले नै लिएका हुन् ।

नेपालको प्लेइङ—११ मा रोहितकुमार पौडेल (कप्तान), आशिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, प्रतिस जीसी, गुल्सन झा, अर्जुन साउद र पवन सर्राफ रहेका छन् ।

यसैगरी पाकिस्तानको प्लेइङ—११ मा सइम अयुब, हसिबुल्लाह, मुहम्मद आयब ताहिर, मुहम्मद हारिस, कमरन घुलम, ओमाइर बिन युसुफ, मुबासिर खान, अम्माद बट, मेहरान मुमताज, मुहम्मद वसिम र शाहनवाज दहानी रहेका छन् ।