काठमाडौं । त्रिवि शिक्षण अस्पतालअन्तर्गत महाराजगन्जस्थित मनमोहन कार्डियो थेरासिस एन्ड भास्कुलर सेन्टरमा कार्यरत फार्मेसी अधिकृत झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।
काठमाडौं प्रहरी परिसरका अनुसार अर्घाखाँचीको सितगंगा घर भएका ३५ वर्षीय अमृत पोखरेल शुक्रबार बिहान कार्यालयभित्रै झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Add Comment