एसीसी इमर्जिङ कप : सोमपालले बनाए अर्धशतक

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा अहिले पाकिस्तान एसँग भिडिरहेको नेपालका लागि सोमपाल कामीले अर्धशतक बनाएका छन् ।

नेपालले ३२.१ ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन जोडेको छ । सोमपाल ५१ रनमा खेल्दैछन् । सोमपालले नवौँ विकेटका लागि प्रतिश जिसीसँग ५८ रनको साझेदारी गरेका थिए।