पाकिस्तानसँग नेपाल ४ विकेटले पराजित

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाललाई पाकिस्तानले ४ विकेटले पराजित गरेको छ। नेपालले दिएको १७९ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभर ४ बलमा पूरा गर्‍यो।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले सोमपाल कामीको ७५ रनसँगै १८० रनको लक्ष्य दिएको हो। कामी बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसकेपछि नेपालले सामान्य लक्ष्य दिएको थियो।

पाकिस्तानले उक्त लक्ष्य ६ विकेट गुमाएर भेटाएको हो। कामी १०१ बल खेल्दै बलमा ७५ रन बनाएर आउट भए। नेपालले खराब प्रदर्शन गरेको खेलमा उनले केही आसा जगाएका थिए। नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाउन सफल भएको थियो।

पाकिस्तानी बलर सामु नेपाली बलरहरुले खुलेर खेल्न नसक्दा सस्तैमा विकेट गुमाएको थियो। नेपालले १० ओभरमै ६ विकेट गुमाएको थियो। पहिलो पावर प्लेमा नै कमजोर देखिएको नेपालको इनिङ उकास्ने क्रममा तल्लो क्रममा क्रिजमा आएमा प्रत्युष जिसीले कामीलाई साथ दिएका थिए।

पाकिस्तानका दुई युवा तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र शाहबाज दाहानीको गति सामु निरीह बन्दा नेपालले खुलेर खेल्न सकेको थिएन।