सांसद चालिसेको प्रश्न : पैसाचाहिँ समयमा तिर्नुपर्ने पानी चाहिँ लेदो, धुलोसहित खानुपर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले काठमाडौं उपत्यकाका जनता लेदो तथा धुलोसहितको पानी खान बाध्य भएको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै चालिसेले यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

“काठमाडौं उपत्यकामा स्वच्छ खानेपानी प्राप्त हुन सकेको छैन । अहिले ट्याङ्करबाट प्राप्त पानी खानेपानी हो कि, भाँडा माझ्ने पानी हो पत्तो पाइँदैन । सबैजना त्यही पानी खान बाध्य भइरहेका छौँ,” चालिसेले भने । त्यसअघि उनले भने, “अहिले मेलम्चीको खानेपानी पनि रोकिएको अवस्था छ । सुन्दरीजलबाट आउने पानीमा आज महिनौं दिनदेखि लेदो पानी, धमिलो पानी सबैको घर(घरमास पर्याप्त पानी पनि छैन र आएको पानी पनि धमिलो ।”

उनले त्यहाँ फिल्टरको व्यवस्था हुनुपर्ने बताएका छन् । “त्यहाँ फिल्टरको व्यवस्था हुन सकेको छैन । यसमा सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,” उनले भने । उनले पानीको पैसा समयमै तिरिरहेको भएपनि स्वच्छ पानी प्राप्त नहुँदा जनता मारमा परेको बताए । उनले प्रश्न सोधे, ‘पैसाचाहिँ समयमा तिर्नुपर्ने, स्वच्छ खानेपानीको पैसा तिर्नुपर्ने अनि पानीचाहिँ लेदो, धुलोसहित खानुपर्ने रु’