५ लाख घुसहित पक्राउ परेका मालपोतका निमित्त प्रमुख भ्रष्टाचारी ठहर

काठमाडौं । पाँच लाख रुपैयाँ घुसहित पक्राउ परेका मालपोत कार्यालय धनुषाका तत्कालीन निमित्त प्रमुख (मालपोत अधिकृत) सुनिलकुमार झा दोषी ठहर भएका छन्।

विशेष अदालतले भ्रष्टाचार मुद्दामा झालाई दोषी ठहर गरेको हो। विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको इजलासले झालाई शुक्रबार दोषी ठहर गरेको हो। उनको सजाय निर्धारण हुने भने बाँकी नै रहेको छ।

झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख घुसहित पक्राउ गरेपछि २०७९ वैशाख १६ गते उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भन्दै सेवाग्राहीसँग ५ लाख घुस लिएको अख्तियारले जनाएको थियो।