नेपाली महिला फुटबल टिम आज बङ्गलादेशसँग भिड्दै

काठमाडौँ । नेपाली महिला फुटबल टिम आज बङ्गलादेशसँग भिड्दै छ ।
आज नेपाल र बंगलादेशबीच महिला फुटबलमा प्रतिस्पर्धा हुँदै छ । बङ्गलादेशमा रहेको नेपाली महिला टिमले घरेलु टोली बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण खेलमा भिड्न लागेको हो ।

उक्त खेल राजधानी ढाकाको वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुनेछ । जुन खेल नेपाली समयअनुसार साँझ सवा पाँच बजेबाट सुरु हुनेछ।

बंगलादेशसँगको पहिलो खेलमा बराबरी खेलेको नेपाली महिला फुटबल टोलीले आज जीत हासिल गर्ने लक्ष्यका साथ मैदान प्रदेश गर्दै छ ।